सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा इन्जिनीयरको लागि परीक्षा लिँदालिँदै रद्द भएपछि...

२०७८ वैशाख १३, ०५:५४ खबर संवाददाता

धनगढीः कञ्चनपुरको बेलौरी नगरपालिकामा इन्जिनीयर पदका लागि परीक्षा लिँदालिँदै रद्द गरिएको छ।

शनिबार सिभिल समूह, विल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, अधिकृत स्तर छैठौँ, इन्जिनीयर पदमा करारमा पदपूर्तिका लागि गर्न लागिएको परीक्षा बीचमै रद्द गरिएको हो।

बिहान ११ बजेबाट सुरु भएको परीक्षामा प्रश्नपत्रहरु स्थानीय तहतर्फको सेवा, समूह, उपसमूह र पदको हुनुपर्नेमा भूलवश लोकसेवा आयोगले संघतर्फका परीक्षार्थीहरुका लागि तय गरेको पर्न गएकाले परीक्षा बीचमै रद्द गर्नुपरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले बताए।

सो परीक्षा सोमबार बिहान ८ बजेका लागि तय गरिएको र उनै परीक्षार्थीहरु परीक्षामा सामेल हुने उनले बताए। प्रशासकीय अधिकृत पौडेलले भूलवश हुन गएको सो त्रुटीलाई अन्यथा नलिई क्षमा गरिदिन पनि अनुरोध गरेका छन्। तर बेलौरीका स्थानीयहरुले भने नियतवश नै त्रुटीपूर्ण प्रश्नपत्र बनाई परीक्षा रद्द गरिएको आरोप लगाएका छन्।

कमेन्ट लोड गर्नुस