सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक विद्यालयले गर्‍यो मातातीर्थ औँसीको अवसरमा ज्येष्ठ आमाहरुलाई सम्मान 

२०८१ वैशाख २६, ०५:२९ खबर संवाददाता

बैतडीः बैतडीमा एक विद्यालयले आज मातातीर्थ औँसीको अवसरमा ज्येष्ठ आमाहरुलाई सम्मान गरेको छ। जिल्लाको पाटन नगरपालिका–९ मा रहेको सिद्धेस्वर नमुना माध्यामीक विद्यालयले हुक्केडाडामा ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको हो।

उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिँह  भाटका अनुसार २८ जना ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको छ। सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाट, विद्यालयका प्रद्यानाध्यापक गणेशप्रशाद भट्ट, विद्यालयका शिक्षकहरु, अभिभावक र विद्यार्थीहरुले सयुक्तरुपमा आमाहरुलाई फलफुल वितरण सहित टिका लगाउदै दोसल्ला ओडाएर सम्मान गरिएको अध्यक्ष भाटले बताए।

हरेक नागरिकले आमाहरुलाई माया र सम्मान गर्नुपर्नेमा विद्यार्थीहरुको भावनात्मक विकास होस भन्ने उदेश्यले आमा सम्मान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भाटले बताए।
 

कमेन्ट लोड गर्नुस