सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आइतबार थप ५७ जनामा कोरोना संक्रमण पुस्टि

२०७८ वैशाख १२, ०७:१२ खबर संवाददाता

धनगढी: आइतबार सुदूरपश्चिमका थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

प्रदेशका विभिन्न प्रयोगशालामा १ सय ३९ नमूना परीक्षण गर्दा थप ५७ जनामा संक्रमण पुस्टि भएको हो। 

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १५ जना, महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ३६ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस