सुदूर नेपाललाई विश्वसँग जोड्दै

हत्या भएको एक वर्ष बित्दापनि किन भुषाल सरले न्याय पाएनन् सरकार ?

२०७८ वैशाख ११, ०४:४९ करन साउद

करन साउद

गत बैशाख ११ गते कैलालीको गौरीगंगा नगरपालिका वडा ९ मा रहेको बिहानी क्षितिज बोडिङ्ग स्कुलका प्रिन्सीपल तथा यस क्षेत्रकै शिक्षाका एक अभिभावक कृष्ण भुषाल सरको शव भेटियो। घोडाघोडी नगरपालिका अन्तरगत पर्ने मन्दिरको अलि पूर्वतिरको सडक किनारमा ४० वर्षीय सरको शव हत्या गरि फारिएको अवस्थामा भेटिएको थियो। 

त्यो कुनै दुर्घटना नभएर हत्या भएको सबैलाई प्रष्ट छ। एक कुशल अभिभावक तथा हजारौं विद्यार्थीका भविष्यका जन्मदाताको हत्या भएको खबरले सम्पूर्ण गौरीगंगावासी मात्र नभएर शिक्षालाई माया गर्ने सम्पूर्ण नेपालीलाई दःुखित तुल्याएको थियो। 

हामी दुःखी र एक्लो भएको महसुस त्यो दिन भएको थियो। हाम्रा शिक्षा क्षेत्रका हस्ती गुमाउँदा हामी निराश बनेका थियौं। सबैसँग मिल्ने मिलनसार व्यक्ति, कसैको आँखामा राख्दा पनि नबिझाउने व्यक्ति, सबैका साँझा व्यक्ति, सबैका प्यारा व्यक्तिलाई त्यो हर्कत गर्ने त्यो पापीले कहिले सुख र कहिले भगवानको तर्फबाट माफि पाउने छैन। 

तर उनको हत्यारा आजसम्म पनि फेला परेको छैन। हत्या भएको एक वर्ष बितिसक्दा पनि खोई सरकार ? खोई प्रहरी प्रशासन ? खोई मानवअधिकारकर्मी ? खोई हामीलाई न्याय दिलाउनुभएको ? खोई हामीलाई जित दिलाउनुभएको ? खोई हामीलाई विजयी गराउनुभएको ? खोई हाम्रो मनलाई शान्त पार्नुभएको ? भुषाल सरले किन न्याय पाएनन् सरकार ? 

सरकार हामीले के मागेका छौ र ? तिमीसँग मात्र हामीले मागेका छाैं केवल न्याय।  यदि यो सरकार  र प्रहरी प्रशासन नेपाली जनताको सरकार र नेपाली जनताको प्रहरी भए हत्यारा सार्वजनिक गर।

हामीले धेरैपटक बिन्ती गरिसक्यौं। खोई त हामीलाई न्याय दिलाएको। एउटा व्यक्तिको हत्या भएको एक वर्ष बितिसक्दा पनि खोई हामीलाई रिपोर्ट दिएको ? खोई हामीलाई उहाँको मोबाइल दिएको ? 

के यो देशमा सोझा र राज्यको पहुँचभन्दा बाहिर भएका व्यक्तिलाई न्याय दिन गाह्रो हुन्छ र सरकार ? कि शक्तिशाली व्यक्तिले जे गर्दा पनि हुन्छ ? हामीलाई उत्तर चाहियो।  

हामी एक वर्ष चुप नै लाग्यौं। हामीले सरकार र प्रहरी प्रशासनलाई यतिसम्म विश्वास गर्‍याैं कि अनुसन्धानमा बाधा हुन्छ भनेर हामी चुप बस्यौं। 

राज्यको पहुँचभन्दा बाहिर रहेका नेपाली जनता के जनावर हुन् ? कि चरा हुन  ? राज्यको पहुँच पुगेका व्यक्तिले उनीहरुमाथि अन्याय गर्दा सधै सहेर बस्नुपर्ने ? राज्यमा सधै पहुँचवालाको मात्रै राज चल्छ ? 

यदि होइन भने सरकार खोई हामीलाई न्याय ? एक वर्ष बितिसक्दा पनि न्याय पाइँदैन भने सधै हत्या भइरहेका ती सबैले कहिले न्याय पाउँछन्। कि त हामी नेपाली नागरिक होइनौं भन्नुपर्‍याे। यदी हामीपनि नेपाली हौं भने न्याय दिनुपर्‍याे।

एक वर्षसम्म हामी चुप लाग्यौं त्यसको मतलब यो होइन कि हामी कमजोर भयौं।  हामी कमजोर भएका छैनौं।  अझै हाम्रो सरकार र प्रहरी प्रशासनलाई अनुरोध छ, हामीलाई न्याय दिनुस्। हत्यारा सार्वजनिक गर्नुस्। अनि तपाइलाई नै हामी हाम्रो भगवान मान्नेछौं।  तपाई हाम्रो न्यायदाता हुनेछौ। सम्पूर्ण न्यायको प्रतिक हुनेछाै। 

तर अबपनि हामीलाई न्याय दिन सक्नुभएन भने अब हामी चुप लाग्नेवाला छैनौं। अझै न्याय र सत्यका लागि हामी फेरि एकपटक सडकमा आउनेछौं।

र, जब न्यायका लागि जनता सडकमा आउँछन्, त्यो भिडलाई न बन्दुक, न गोली, न कुनै हतियारको डर हुन्छ। 

सम्बन्धित समाचार :
कैलालीमा बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला, हत्याको आशंका
 

करन साउद
कमेन्ट लोड गर्नुस