सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला, हत्याको आशंका

२०७७ वैशाख १२, ०७:१४ खबर संवाददाता

धनगढी : कैलालीमा एक बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका प्रिन्सिपल कृष्ण भुसाल मृत फेला परेका हुन्। गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० बर्याीय भुसाल पहलवानपुरबाट एक किलोमिटर पश्चिम मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार राती पौने १२ बजे उनको शव पूर्व–पश्चिम राजमार्गको किनारमा फेला परेको हो। ‘मध्यराती हामीलाई जानकारी आएपछि प्रहरी टोली घटनास्थल पुगेको छ। मृतकको आँखा, मुख र घुडामा चोटपटक देखिएको छ। घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टको टोली पनि गईरहेको छ।’ 

प्रहरीले अनुसन्धानका लागि साथीसहित होटल संचालकलाई नियन्त्रणमा लिएको छ। भुषाल राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) को केन्द्रीय उपाध्यक्ष समेत हुन्।

स्थानीयका अनुसार उनी साईकलमा पहलवानपुरबाट घर तर्फ गईरहेका थिए। घटनास्थलमै रहेका एक स्थानीयले भने, ‘घर तर्फ गईरहेको भुसालको शव विपरित साईडमा फेला परेको छ। शरिरका धेरै ठाउँमा चोट पटक देखिएको छ। हत्या नै भएको हुनसक्छ।’ घटनास्थल नजिकै सशस्त्र प्रहरीको पोष्ट पनि रहेको छ।

कमेन्ट लोड गर्नुस