सुदूर नेपाललाई विश्वसँग जोड्दै

मासुका लागि नौ मुठे गाई चीन तस्करी

अछाम बाजुरा हुम्ला हुदै चिन तस्कर हुन लागेका गाई बाजुराको बडिमालिका नगरपालिका पोरेखे लेखमा/प्रकाश सिहं/दिनेश खबर, बाजुरा
अछाम बाजुरा हुम्ला हुदै चिन तस्कर हुन लागेका गाई बाजुराको बडिमालिका नगरपालिका पोरेखे लेखमा/प्रकाश सिहं/दिनेश खबर, बाजुरा
२०७५ असोज २३, ०५:२१

बिश्वको लोप उन्मुख को रुपमा रहेको नौ मुठे गाई र अन्य गाई चिन तस्करी हुने गरेको खुलाशा भएको छ। अछामबाट बाजुरा हुदै हुम्लाको नाका बाट चिनतिर मासुका लागि जाने गरेको खुलाशा भएको छ।

हुम्ला र मुगुका ठेकेदार मार्फत अछामबाट सस्तो मुल्यमा खरिद गरि चिन तिर बिक्रिका लागि लिने गरेको पाईएको छ। एउटा गाईको चार पाँच हजारमा खरिद गरि चिनमा लगेर १५ देखी २० हजारमा बिक्रि हुने गरेको ठेकेदारहरुले वताएका छन्।

अछाम बाट खरिद गरि बाजुरा, मुगु र हुम्ला हुदै चिन पुयाउने गरेका छन्। गाई अछामका जल्पादेबी, बैजनाथ, घुघुरकोट, खप्तड, बुढाकोट, बाब्ला, मष्टामाडौं र देबीस्थानमा पाइने गरेको जिल्ला पशुसेवा कार्यलय अछामले जनाएको छ। त्यस्तै अन्य गाइृ समेत हुम्ला हुदै चीनतिर जाने गरेको बाजुरा स्वामिकार्तिक गाँउपालिका स्थानीय जनम धामीले बताए। दैनिक कोल्टीबाट गाई जाने गरेको त कुनै निकायबाट वास्ता नभएको समेत उनले बताए।
  
 

कमेन्ट लोड गर्नुस