सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीबाट घर फर्किने क्रममा सुदूरपश्चिमका एक जनाको बाटोमै मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ७, ०५:२० खबर संवाददाता

धनगढी  :  भारतको दिल्लीबाट घर फर्किने क्रममा एक जनाको बाटोमै मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने शिवदत्त कपाडीका ३९ वर्षीय छोरा रामदत्त कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापाक्षेत्रीले बताए । 

विगत ५।६ महिना  भारतमा रोजगारी गर्दै आएका कपाडीको घर फर्किने क्रममा सोमबार राति खटीमास्थित चक्करपुरमा बुकिङ गरेको गाडीमै मृत्यु भएको थापाले बताए ।

कपाडीको शव पोष्टमार्टमका लागि माहाकाली अस्पतालमा राखिएको छ । उनी टाइफाइडको बिरामी भएको बुझिएको प्रहरीले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस