सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीबाट १ वर्षीया बालिकाको मृत्यु, आमा घाइते

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ७, ०८:४० खबर संवाददाता

दाङ – आगलागीमा परि १ वर्षीया बालिकाको मृत्यु भएको छ, भने आमा घाइते भएकी छन् ।  

दाङको राप्ती गाउँपालिका–५ कालापानीमा सोमबार आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । 


 

कमेन्ट लोड गर्नुस