सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पहिरो जाँदा सडक अबरुद्ध

। फोटो स्रोत ।
२०७८ वैशाख ४, ०३:५८ खबर संवाददाता

बझाङमा पहिरो जाँदा सडक अबरुद्ध बनेको छ । जिल्लाको केदारस्युँ गाउंपालिका वडा नम्बर ५ बगडीमा पहिरो जाँदा सडक अबरुद्ध भएको स्थानियले बताएका छन् । 

सडक निर्माण गर्ने क्रममा माथीबाट पहिरो खस्दा बागथलाबाट बुँगल जाने बाटो अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले बताए ।

उनले भने, “सो स्थलमा जिल्ला प्रहरीकार्यालयबाट सई भरत विकको कमाण्डमा प्रहरी टोली खटीएको छ । सडक खुलाउन पहल भइरहेको छ ।” साँझसम्म सो सडक सञ्चालनमा आउने उनले बताए ।
 

कमेन्ट लोड गर्नुस