सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

२०८३ असोज २८, ०३:५५ रासस

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढेर दुई हजार ६२१ दशमलव २६ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  चार दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव ६३ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ७१ अङ्कले बढेर १६० दशमलव ६८ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर चार अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१  खरिदबिक्री भएका छन् ।  
तेह्र वटै उपसमूहमध्ये सबै उपसमूह बढेका छन् । आज १८८ कम्पनीको शेयर बढ्यो भने ८० कम्पनीको शेयर घट्यो ।

त्यसैगरी, नौ कम्पनीको शेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार आज एसबिएल डिबेञ्चर, नेपाल एसबिआई बैंक डिबेञ्चर र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सगरमाथा जलविद्युत् कम्पनी, एभरेष्ट कलर र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
 

कमेन्ट लोड गर्नुस