सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल पत्रकार महासंघ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीलाई स्वागत

२०७८ वैशाख ४, ०२:५५ खबर संवाददाता

धनगढी : नेपाल पत्रकार महासंघ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीहरूलाई दिनेश सञ्चार गृहले सम्मान गरेको छ। 

गृहले शनिबार एक औपचारीक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीलहरूलाई स्वागत तथा सम्मान गरेको हो। 

कार्यक्रममा बोल्दै दिनेश सञ्चार गृहका प्रबन्ध निर्देशक गोपाल हमालले नवनिर्वाचित नेतृत्वलाई महासंघको गरीमा र इतिहास अक्षुण राख्न साथै नयाँ नेतृत्वलाई उचाईमा पुरÞ्याउन सफलताको शुभकामना व्यक्त गरे। 

कार्यक्रममा बोल्दै पत्रकार महासंघ कैलाली शाखा अध्यक्ष हिमाल जोशीले श्रमजीबी पत्रकारहरूको हकहित र उनीहरूको सुरक्षाका लागि काम गर्ने प्रतिबद्धता जनाए। 

अध्यक्ष जोशीले कैलालीमा व्यवसायीक पत्रकारीता निकै चुनौतीपूर्ण बनेको बताए। यहाँका सञ्चार प्रतिष्ठान गत वर्षको लकडाउनले निकै मारमा परेको भन्दै यस वर्ष पनि लकडाउन भए ७५ प्रतिशत सञ्चार प्रतिष्ठान बन्द हुने उनले बताए।

कार्यक्रममा दिनेश सञ्चार गृहका प्रवन्ध निर्देशक हमालले नवनिर्वाचित पदाधिकारीहरूलाई अबिर र खादा ओढाएर सम्मान गरेका थिए। 

कार्यक्रममा अध्यक्ष हिमाल जोशी, उपाध्यक्ष हरिश विक, सचिव प्रेम चौधरी, कोषाध्यक्ष लक्ष्मीप्रसाद जैशीलगायत सदस्याहरूको उपस्थिति रहेको थियो।
 

कमेन्ट लोड गर्नुस