सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ब्राउन सुगरसहित २ जना पक्राउ

२०७७ चैत्र २९, ०५:४१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले लागुऔषध ब्राउन सुगरहित २ जनालाई पक्राउ गरेको छ। 

शनिबार जिल्लाको कृष्णपुर नगरपालिका–२ का २६ वर्षीय बिरेन्द्र नाथ र २२ वर्षीय श्याम गिरीलाई लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

विशेष सूचनाका आधारमा उनीहरुले चलाइरहेको म१प ५७६१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा बाणीमा उनीहरुको साथबाट ३.८३ ग्राम ब्राउन सुगर फेला पारेको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। 

पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए। 


 

कमेन्ट लोड गर्नुस