सुदूर नेपाललाई विश्वसँग जोड्दै

यौनसम्बन्धपछि प्रेमिकाले गरिन् अनौठो माग!

२०७७ चैत्र २९, ०९:१८ खबर संवाददाता

एजेन्सी: यौनसम्बन्धपछि प्रेमिकाको अनौठो मागले एक युवक तनावमा परेका छन्। प्रेमिकाको अनौठो मागले तनावमा परेका ती युवकले रिलेसनशिप पोर्टलमा विशेषज्ञसंग मद्दत समेत मागेका छन्। युवकले आफू निकै राम्री र होनहार युवतीसँग तीन वर्षदेखि सम्बन्धमा रहेको बताउँदै आफ्नी प्रेमिकाको एउटा बानीले गर्दा निकै तनावमा परेक बताएका छन् ।

युवक आफ्नि प्रेमिकाको त्यो अनौठो बानीबारे लेख्छन्, ‘मेरी प्रेमिकाका निकै राम्रा बानीहरु छन्। तर उनको एउटा अचम्मको बानी छ, उनी कुनै पनि काम गरेपछि मबाट तारिफसंगै आलोचना पनि सुन्न चाहन्छिन्। उनले गरेको काममा कमी नदेखाइँदा उनी रिसाउँछिन्।’ उनी अगाडी लेख्छन्, ‘कमी सुन्ने उनको बानी हाम्रो यौन जीवनमा पनि लागू हुन्छ। हामी जतिबेला यौनसम्बन्ध स्थापित गर्छाैं, मैले परफर्मेन्सबारे कुनै कमी नहुँदा पनि केही न केही कमी भन्नै पर्छ। मैले उनको कामको आलोचना नगरे उनलाई प्यानिक अट्याक आउँछ।’

युवकको समस्याको जवाफमा स्वास्थ्य विज्ञले आफूमा सुधार ल्याउनमा पार्टनरको धारणा जान्न चाहनु स्वभाविक र पूर्ण रुपमा सही भएको बताएका छन्। यो सुधार कुनै बाध्यता स्वरुप नभई वास्तविक रुपमा नै सम्बन्धलाई उत्कृष्ट बनाउनका लागि गर्नुपर्ने सुझाव स्वास्थ्य विज्ञको छ। विज्ञले युवकलाई आफ्नी प्रेमिकालाई जबर्जस्ती कमी सुन्ने उनको बानी अनुचित रहेको भनी सम्झाउन सल्लाह दिएका छन्। जसले गर्दा आफू निकै दबाबमा रहने गरेको कुरा पनि प्रेमिकालाई बताउन उनले सुझाव दिएका छन्।

त्यति मात्र नभई प्रेमिकालाई नराम्रो लाग्छ भनेर आफूले झुटो बोल्नुपरेको बारे पनि बताउन भनेका छन्। यदि उनले आफ्ना कमी कमजोरीबारे साँच्चै नै सुन्न चाहन्छिन् भने युवकले भनेका कुरा बुझ्ने कोसिस पक्कै गर्ने विज्ञको सुझाव छ। 

कमेन्ट लोड गर्नुस