सुदूर नेपाललाई विश्वसँग जोड्दै

१ वर्षअघि तालमा हराएको मोबाइल चल्ने अवस्थामै भेटियो !

२०७७ चैत्र २८, १२:०६ खबर संवाददाता

एजेन्सी: कहिलेकाँही तपाई हामीले कल्पना नगरेको खबर आइरहेका हुन्छन्। यस्तै एउटा ताइवानको खबर भाइरल भएको छ। 

ताइवानको सन मून तालमा १ वर्ष अगाडि हराएको चेनको मोबाइल भेटिएको छ। तालमा डुंगा शयर गर्ने बेलामा गत वर्ष उक्त फोन गोजीबाट तालमा खसेर हराएको थियो।

तर हालै एकदिन अकस्मात् उनलाई उनको आइफोन भेटिएको भनेर कसैले फोन गर्‍यो।

वास्तवमा खडेरीले सुकेको ताल सफा गर्ने कामदारले उक्त आइफोन फेला पारेर उनलाई फोन गरेका थिए। उनको फोन पूरै हिलोले छोपिएको थियो।

तर खुसीको कुरा उनले उक्त फोनमा वाटर प्रुफ खोल राखेका रहेछन्। जसका कारण फोनभित्र पानी पस्न पाएको थिएन, र फोन पूर्ण चालू हालतमा थियो।

कल्पनै नगरेको उक्त घटना भएसँगै चेनले आफ्नो फोन हराउँदादेखि फेला पर्दासम्मको क्षणका तस्वीर र विवरणहरु फेसबुकमा सेयर गरेका छन्, जुन पोस्ट भाइरल बनेका छन्।

कमेन्ट लोड गर्नुस