सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ३१औँ जनआन्दोलन दिवसको अवसरमा फलफुल वितरण

२०७७ चैत्र २४, ०९:४२ खबर संवाददाता

अछामः अछाममा ३१औँ जनआन्दोलन दिवसको अवसरमा फलफुल वितरण गरिएको छ।

जिल्ला पार्टी आछामको आयोजनामा जिल्ला अस्पताल अछाममा फलफुल वितरण गरिएको हो। 

मङ्गलबार एक कार्यक्रमका बीच नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुनलाई स्वागत गर्दै जिल्ला अस्पतालमा फलफूल वितरण गरिएको हो। 

कार्यक्रममा नेता पुनलगायत पार्टी सचिवालय सदस्य लोकेन्द्र शाही, जिल्ला इन्चार्ज तपेन्द्र तिमिल्सिना, जिल्ला सचिव निरक शाह, अखिल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रिय सदस्य बिरेन्द्र शाह, दलित मोर्चा जिल्ला अध्यक्ष दिलिप बिक, जिल्ला विद्यार्थी इन्चार्ज रमेश बि.सि. युवा नेता बिक्की ओझा लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। 

कार्यक्रममा नेता पुनले  अस्पतालमा उपचाररत सम्पूर्ण  बिरामीहरूलाई  फलफुल वितरणका साथै शिघ्र स्वास्थ लाभको कामना गर्नुभएको थियो।

स्वास्थ जस्तो संवेदनशिल कुरामा पनि सरकारले धेरै लापर्बाही गरेको जिल्ला अस्पतालमा जस्तो ठाउँमा पनि सरकारले प्राविधिक उपकरणको उचित व्यवस्थापन गर्न नसक्नाले ठूलो लगानी गरेर मेडिकल शिक्षा पास गरेर अस्पतालमा कार्यरत कर्मचारीहरूको उचिल मुल्याङ्कन हुन नसकेको बताए। 

साथै पार्टीले सरकारसँग जनताका समस्यासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा पार्टीले खबरदारी गर्ने कुरामा पार्टी हरदम तत्पर रहेको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस