सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पुरुष मृत फेला प्रकरणः होटलमा कार्यरत युवती प्रहरीको नियन्त्रणमा

२०७७ चैत्र १९, ०३:१० खबर संवाददाता

धनगढीः धनगढीको सनराइज होटलमा पुरुष मृत भेटिएको घटनामा होटलमै कार्यरत युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्राफिक चौराह नजिकै रहेको होटलमा कार्यरत धनगढी उप–महानगरपालिका–१७ का ४३ वर्षीय तिलक भण्डारी मृत भेटिएको घटनाको अनुसन्धानका लागि युवतीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार मृतककै सिफारिसमा होटलमा काम गर्दै आएकी ती युवतीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। प्रहरीले युवतीको नाम भने सार्वजनिक गरेको छैन।

२ दिनदेखि सोही होटलमा बसिरहेका भण्डारी बिहीबार बिहान कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मृतकका आफन्तले घटना शंकास्पद रहेकाले अनुसन्धानको माग गरेका छन्।

सम्बन्धित समाचार 

धनगढीको होटलमा एक जना मृत भेटिए

धनगढीको होटलमा मृत भेटिएका व्यक्तिको परिचय खुल्यो

कमेन्ट लोड गर्नुस