सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको होटलमा एक जना मृत भेटिए

तस्बिर: चन्द्र थापा/दिनेशखबर
तस्बिर: चन्द्र थापा/दिनेशखबर
२०७७ चैत्र १९, ०७:११ खबर संवाददाता

धनगढीः धनगढीको सनराइज होटलमा एकजना मृत अवस्थामा फेला परेका छन्।

धनगढीको ट्राफिक चौराह नजिकै रहेको होटलमा बिहीबार बिहान एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले होटलमा मानिस मृत भेटिएको पुष्टि गरे।

उनकाअनुसार मृतक धनगढी उपमहानगरपालिका–१७ धुरजन्नाका ४३ वर्षीय तिलक भण्डारी रहेको खुलेकाे छ। उनी २ दिनदेखि साेही हाेटलमा बस्दै आएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस