सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्यार्थी नेताले मनाए बेसहारालाई खाजा खुवाएर जन्मदिन

२०८१ वैशाख १७, ०१:४६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एक विद्यार्थी नेताले बेसहाराहरुलाई खाजा खुवाएर आफ्नो जन्मदिन मनाएका छन्।

सोमबार नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य घनश्याम बमले आफ्नो जन्मदिन दृष्टि फाउन्डेसन धनगढीमा रहेका ४० जनाभन्दा बढी अशक्त बालबालिका र बेसहारा महिलाहरुलाई खाजा खुवाएर मनाएका हुन्।

पश्चिमा संस्कृति केक काट्ने प्रचलनलाई हटाउन थोरै भए पनि मद्दत मिलोस भन्ने उद्देश्यले बेसहारालाई खाजा खुवाएर आफ्नो जन्मदिन मनाएको उनले बताए।

कमेन्ट लोड गर्नुस