सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको होटलमा मृत भेटिएका व्यक्तिको परिचय खुल्यो

२०७७ चैत्र १९, १०:०६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको सनराइज होटलमा मृत भेटिएका व्यक्तिको परिचय खुलेको छ।

 जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले मृतक धनगढी उपमहानगरपालिका–१७ धुरजन्नाका ४३ वर्षीय तिलक भण्डारी रहेको खुलेको दिनेशखबरलाई बताए। 

उनकाअनुसार भण्डारी २ दिनदेखि सो होटलमा बस्दै आएका थिए। उनी होटलको एउटा कोठाको सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक थापाले बताए।

अहिले शव होटलमै रहेको छ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस