सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ट्रयाक्टरको ठक्करबाट मृत्यु भएकी नम्रताको शव ३ दिनदेखि अस्पतालमै

२०७७ चैत्र १९, ०१:१० खबर संवाददाता

अछामः मंगलबार अछाममा ट्रयाक्टरको ठक्कबाट मृत्यु भएकी एक युवतीको शव ३ दिनदेखि मंगलसेन अस्पतालमा राखिएको छ। 

ठक्करबाट मृत्यु भएकी कमलबजार नगरपालिका–१० लाचीकी ३२ वर्षीया नम्रता देउवाका आफन्तले दोषीलाई कारवाही र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शव नबुझ्ने अडान राखेका हुन। उनीहरुले कमलबजार क्षेत्रमा चक्काजाम गरेर आन्दोलन सुरु गरेका छन्। 

आफन्तका अनुसार लाइसेन्स नभएका सहचालक कमलबजार नगरपालिका–९ मष्टाबण्डालीका ललित रावतले चलाइरहेको ट्रयाक्टरले ठक्कर दिँदा नम्रताको मृत्यु भएको हो। तर प्रहरीले सवारी धनीलाई जोगाउँदै उचित क्षतिपूर्तिका लागि सवारी उनलाई कानुनको दायरामा नल्याएको मृतकका आफन्त लोकेश चलाउनेले बताए। 

‘प्रशासनले सवारी धनीलाई कानूनको दायरामा ल्याएको छैन। कारवाही तथा क्षतिपूर्ति उपलब्ध गराएन भने हामी चक्काजाम बाहेक अन्य संर्घषका कार्यक्रम गछौं’ उनले भने।  

उता जिल्ला प्रहरी कार्यालय अछामले दोषीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ। त्यस्तै क्षतिपूर्तिका लागि आफन्तसँग छलफल चलिरहेको अछाम प्रहरीका प्रहरी नायव उपरीक्षक तुल्सीराम आर्यालले बताए। ‘आफन्तले दोषीलाई कारवाही तथा क्षतिपूर्तिको माग राखेका छन्। अहिले उहाँहरुसँग छलफल चलिरहेका छ’ उनले भने ‘आजै उहाँहरुसँगको छलफलबाट विवादको टुंगो लाग्नेछ।’

मंगलबार कमलबजारबाट मष्टावण्डालीतर्फ गईरहेको से१त ८३३९ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा नम्रताको मृत्यु भएको थियो। 


 

कमेन्ट लोड गर्नुस