सुदूर नेपाललाई विश्वसँग जोड्दै

धोनी किन देखिए बौद्ध भिक्षुको अवतारमा ? तस्विर बन्यो भाइरल

२०७७ चैत्र १, ०१:२४

ऐजेन्सी: टिम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी नयाँ अवतारमा देखिएका छन्। आइपीएलको १४ औं सिजनको तयारीमा जुटेका उनी किन बौद्ध भिक्षुको अवतारमा देखिए ? यो प्रश्नसँगै सामाजिक सञ्जालमा उनको तस्विर भाइरल बनेको छ। 

उक्त तस्बिर कुनै विज्ञापनको सुटिङबाट खिचिएको जस्तो देखिन्छ। धोनीले टाउको खौरिएका छन् भने उनले बौद्ध भिक्षुजस्तो कपडा लगाएर कुनै जङ्गलमा देखिएका छन्।

स्टार स्पोर्टस्ले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट योसँग सम्बन्धित ९ सेकेन्डको प्रोमो पनि सेयर गरेको छ। धोनीले यो प्रोमोमा भनिरहेका छन्, ‘यस्तो अवतारको कारण के हो ? चाँडै नै थाहा हुनेछ।’

धोनीले १५ अगस्ट २०२० मा अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।

कमेन्ट लोड गर्नुस