सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालयको स्तरोन्नतिका लागि महायज्ञ

२०७५ असोज ६, ०७:१८

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–३ खैरेनीको जगदम्बीके भगवती माविले धार्मिक सप्ताह ज्ञान महायज्ञ संञ्चालन गर्ने भएको छ । महायज्ञ संचालन मूल आयोजक  समितिका अध्यक्ष मनऋषि आचार्यले शनिबार महायज्ञ संञ्चालन र ब्यवस्थापनका लागि अभिभावक, शिक्षक, समाजसेवी, सामुदायिक बनका अध्यक्ष लगायतका सम्बद्ध सबैसंग छलफल गरिएका छन । असोज २४ देखि ३० गतेसम्म धार्मिक महायज्ञ सञ्चालन हुन छ । शान्ति कलश, मुठीदान, तुलादान, भूमिदानबाट रकम प्राप्त हुने महा सचिव नेत्रबहादुर खड्काले बताए । धार्मिक महायज्ञमा अहिलेसम्म ३ सय शान्ति कलश लिएको महायज्ञ संचालन मूल आयोजक  समितिका अध्यक्ष मनऋषि आचार्यले बताए । धार्मिक महायज्ञबाट करीब एक करोड रकम संकलन हुने आयोजकले अपेक्षा गरेको छ । संकलन भएको रकमले मावि तहको कक्षा ११ र १२ को संचालनका आवश्यक ब्यवस्थापन, भौतिक पूर्वाधार तयार गरिने गरिने उनले बताए। 


जसको राजनैतिक समन्वय समिति संयोजकमा टेकराज जोशी, सामुदायिक बन उपभोक्ता समूह समन्वय समितिको संयोजकमा लालसिंह बिश्वकर्मा, आमा समूह समन्वय समितिको संयोजकमा डिला रानामगर, दानदाता पहिचान समन्वय संयोजकमा डम्मर बहादुर बुढा, यातायात ब्यवस्थापन समन्वय समितिको संयोजकमा भुपेन्द्र जोशीलाई  चयन गरिएको छ । तुलादान पहिचान समन्वय समितिको संयोजकमा नरबहादुर बन्तोला, कास्ठमण्डप निर्माण समितिको संयोजकमा जगत बहादुर टमट्टा, फुलमाला दुनाटपरी निर्माण समन्वय समितिको संयोजकमा शान्ति बुढा, गेट निर्माण समितिको संयोजक शिवचरण चौधरी लगायतकालाइ चयन गरिएको छ । 

सञ्चार माध्यममा सूचना, समाचार सम्प्रेषण गर्नका लागि टीकाराम साउदलाई मिडिया संयोजक तोकिएको छ । शिक्षक समन्वय समिति संयोजकमा नवराज टमट्टा, बिदेश बिभाग समन्वय समिति संयोजकमा पदम तिरुवालाई जिम्मेवारी दिइएको छ । सरकारी तथा गैरसरकारी समन्वय समितिको संयोजकमा शिक्षक शिवराज गौतम, पञ्चेबाजा समन्वय समितिको संयोजकमा डिलबहादुर नेपाली, स्वयंसेवक समन्वय समितिमा मोहन खत्री र गोमादेवी भूल, निरंकारी समन्वय समिति संयोजक श्रीराम जोशी, धन धान्यान्चल समन्वय समितिमा उदय बिष्ट चयन गरिएको छ । बड घर र भल्मन्सा समन्वय समितिमा सुकप्रसाद चौधरी, आवास ब्यवस्थापन समितिमा नन्दाराम बिष्ट, पूजा सामाग्री ब्यवस्थापनमा आत्माप्रसाद उपाध्याय, ब्यापारी समन्वय समितिमा नेत्र बहादुर खड्कालाई चयन गरिएको छ । कार्यक्रमको संचालन  महायज्ञ मूल समितिका सह–सचिव शिवराज गौतमले गर्ने भएका छन । 
कमेन्ट लोड गर्नुस