सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको फर्निचरमा भएको आगलागी अझै नियन्त्रणमा आएन, १ घण्टापछि पुग्यो पानी नभएको दमकल

२०७७ फाल्गुन २२, ०१:१९ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित एक फर्निचर उद्योगमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। 

आलोक मल्टी कन्सर्न प्रालिमा दिउँसो १२ बजेर तिर भएको आगलागीबारे खबर गरेको लगभग १ घण्टापछि मात्रै दमकल पुगेको स्थानीयले बताएका छन्।

आगलागी भएको स्थानमा आएका गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका दमकल मध्ये धनगढीको दमकलमा पानी समेत नभएको स्थानीयले बताएका छन्। 

उक्त दमकल फेरि पानी भर्न गएको थियो। उक्त फर्निचर उद्योगमा लगभग ५ करोडमो सामान रहेको आलोक मल्टी कन्सर्न प्रालिले जनाएको छ। 

उक्त आगलागी भएको स्थानबाट नेपाल आयल निगमको डिपो करिब १०० मिटरको दुरीमा रहेको छ।

आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धीत समाचार 
धनगढीको एक फर्निचर उद्योगमा आगलागी
 

कमेन्ट लोड गर्नुस