सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो बर्ष ईन्धनमै ६० लाख खर्च (भिडियाे रिर्पाेट सहित)

जनप्रतिनिधिको ईन्धन खर्च सरसफाईका सवारी भन्दा वढी

२०७५ असोज २, ०८:३०

कैलालीको धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिले प्रयोग गरेको ईन्धन खर्च दैनिक नगर क्षेत्रको सरसफाईका गाडीले प्रयोग गरेको भन्दा बढी रहेको छ । धनगढी उप–महानगरपालिका क्षेत्रमा दैनिक प्रयोग हुने सरसफाईका सवारीका साधनहरुको ईन्धन खर्च र मेयर, उप–मेयर तथा कार्यकारी अधिकृतले प्रयोग गरेको  गाडीको ईन्धन खर्च बढीरहेको छ । सरसफाईका सवारी सधानले भन्दा दुई लाख बढीको ईन्धन खर्च गरेका जन प्रतिनिधिले चालु आर्थिक वर्षको दुई महिनामै ५ हजार लिटर ईन्धन सक्काएका छन् । 
गत आर्थिक बर्ष २०७४-०७५ मा अवधिमा जनप्रतिनिधिले १२ लाख ९३ हजार ४ सय ९३ को ईन्धन खर्च गरेका थिए । सरसफाइ गर्ने सवारीका साधनहरुले १० लाख ८८ हजार ९ सय ४७ रुपैयाँको ईन्धन खर्च गरेको उपमहानगरपालिकालको तथ्यांकले देखाएको छ ।  ट्रिपर तथा लोडरले प्रयोग गरेको ईन्धन खर्च गत आर्थिक बर्षमा २६ लाख ७१ हजार १ सय ३६ रुपैया छ । गत आर्थिक बर्षम धनगढी उप–महानगरपालिकाको ६० लाख ४८ हजार ७ सय ६८ रुपैँया ईन्धनमा खर्च भएकोमा त्यसमा सरसफाईभन्दा जनप्रतिनिधिका गाडीले वढी ईन्धन सिद्धाएका छन् । यस्तै विभिन्न निकाय र व्यक्तिलाई वितरण गरिएको ईन्धनको खर्च भने थप रहेको छ । 

चालु आर्थिक बर्ष २०७५-०७६ को दुवै महिनामा पनि जन प्रतिनिधिको ईन्धनकोे खर्च बढी रहेको छ । यो अवधिमा ४ हजार ९ सय ७० लिटर ईन्धन खर्च हुँदा सरसफाईमा प्रयोग हुने सवारी साधनले एक हजार ४ सय ५५ लिन ईन्धन खर्च गरेका छन भने जनप्रतिनिधिले चढ्ने गाडीले १ हजार ७ सय १० लिटर ईन्धन सिद्धिएको छ । उपमहानगरपालिका कर्मचारीले प्रयोग गर्ने ईन्धन जोड्ने हो भने यो अझै वढ्ने छ । 

चालु आर्थिक बर्षको साउन देखी मेरय नृपबहादुर ओडले प्रयोग गर्ने से.१ ज २०१४ गाडीमा साउन यता तीन सय ७० लिटर ईन्धन खर्च भएको छ । हाल क्षेत्रीय शहरी विकास आयोजनाले प्रदान गरेको बा.१ ज ३८९२ नम्बरको नयाँ गाडी मेयर ओडले प्रयोग गर्दै आउनु भएको छ  । गएको साउन महिना यता मात्र उहाँले चढ्ने गाडीको ईन्धन परिणम दुई सय ६५ लिटर छ । उप–महानगरपालिकाका कार्यकारी अधिकृत लगायतका लागि प्रयोग हुदै आएको बा. १ झ ८१४० नम्बरको गाडीमा ४ सय ४० लिटर ईन्धन दुई महिनाको अवधिमा खर्च भएको छ । उप–मेयर शुसिला मिश्र भट्टले प्रयोग गर्ने बा.१० च ९६७८ नम्बरको गाडीमा चालु आर्थिक बर्षमा दुई सय ९५ लिटर तेल खर्च भएको छ ।  उप–महानगरपालिकाका सवारी साधनहरुको ईन्धन प्रयोगमा माफदण्ड नभएको उप–महानगरपालिकाका कार्यकारी अधिकृत चक्रपाणी पाण्डेले बताए । उनले वडा अध्यक्षहरुको मात्र मासिक १५ लिटर तेल खर्च गर्न माफदण्ड भएको बताए । जनप्रतिनिधि र कर्मचारीले आवस्यक्ता अनुसार ईन्धन खर्च गर्न पाउने उनको भनाई छ । 

कमेन्ट लोड गर्नुस