कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र सर्वमान्य कार्य समिति वनाउन माग
कार्य समितीका पदाधिकारी सहितका व्यवसायीको ध्यानाकर्षण
कैलाली उद्योग वाणिज्य संघको स्वतन्त्र सर्वमान्य समिती वनाउन माग गरिएको छ । धनगढीका ४० जना कार्य समितीका सदस्य सहितका व्यवसायीले जिल्ला प्रशासन कार्यालय कैलालीलाई निवेदन दिदैं संघको स्वतन्त्र र सर्वमान्य कार्य समिती वनाउन माग गरेका हुन् । कानुनी आधार बिना कैलाली उद्योग वाणिज्य संघको कार्य समितीलाई जिवन्त राख्न प्रशासनले गत भदौ २२ गते पठाएको पत्रमा वर्तमान कार्य समिती भनेर संघको बचाउ गरेको भन्दै व्यवसायीले संघको निर्वाचनका लागि स्वतन्त्र समिती बनाउन प्रशासनलाई आग्रह गरिएको छ ।
म्याद सकेर मुद्धा पनि हारेको समितीले नक्कली सदस्यता छानविन, निर्वाचन लगायतका प्रक्रियामा धाँधली गरेर वास्तविक व्यवसायीको हकहित र स्वच्छ तथा निष्पक्ष निर्वाचन नहुने भएकोले निवर्तमान कार्य समिती विघटन गरी सर्वमान्य समिति गठन गर्न र अदालतको आदेशको पालना गरी स्वच्छ निर्वाचनमा लागि एक स्वतन्त्र कार्य समिती गठन गरि पाउँ भनि यो निवेदन पेस गर्दछौं– नाै जना व्यवसायीले प्रशासनलाई दिईएको निवेदनमा भनिएको छ ।
कैलाली उद्योग वाणिज्य संघको नक्कली सदस्यता खारेज र निर्वाचन रोक्न वैशाख १६ गते उच्च अदालत दिपायलमा रिट परेपछि वैशाख २२ को संघको निर्वाचन रोकिएको थियो । संघको कार्य समितिको म्याद जेठ २१ गते सकिएको थियो । संघको विधान अनुसार तीन महिना कार्यकाल निर्णय गरे थप गर्न पाउने व्यवस्था । यदपि मुद्धा परेका कारण निर्णय नभएपनि त्यो समय पनि भदौ २१ गते सकिसकेको छ ।