सुदूर नेपाललाई विश्वसँग जोड्दै

भालेले लियो मालिकको ज्यान

। फोटो स्रोत ।
२०७७ फाल्गुन १६, ०८:१९

तेलंगना: भारतको तेलंगनामा भालेले आफ्नै मालिकको ज्यान लिएको छ ।

ककफाइटका लागि खुट्टामा चक्कु बाँधिएको भालेले आफ्नै मालिकको ज्यान लिएको हो । प्रतिष्पर्धी भालेसँग जुध्न खुट्टामा चक्कु बाँधेर पठाउन लागिएको भाले भागेपछि मालिकले दौडेर समात्न खोज्दा भालेको खुट्टामा बाँधिएको चक्कु उनको पेट र तीघ्राबीचको भागमा लागेको थियो ।

प्रहरीका अनुसार अस्पतालमा पुग्नुअघि नै अत्याधिक रक्तश्रावका कारण मालिकको मृत्यु भएको छ । मालिकको मृत्युपछि सो भालेलाई केहीबेर प्रहरी चौकीमा राखेर एउटा पोल्टी फार्ममा पठाइएको थियो । भारतमा यस्ता प्रतियोगिता प्रतिबन्धित भएपनि गैरकानुनी रूपमा आयोजना भइरहेका हुन्छन् । -एजेन्सी 

कमेन्ट लोड गर्नुस