सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ लाखका लागि युवतीले आफ्नै बुबासँग अपहरणको नाटक गरेपछि...

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन १३, १२:२१ खबर संवाददाता

काठमाडौं: आफ्नै बुवासँग पैसा माग्न एक युवतीले अपहरणको नाटक गरेको खबर सार्वजनिक भएको छ। 

काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना सोमबार घरमा नआएपछि  बुधबार परिवारकै एक सदस्यको मोबाइलमा धम्कीपूर्ण म्यासेज आयो। 

विद्याकै नम्बरबाट गरिएको म्यासेज लेखिएको थियो, ‘तिमीहरुलाई यो केटी चाहिन्छ भने पुलिसलाई नभन बुझिस्। ५ लाख लिएर आउनु, छोरी मसँग झापामा छ।’

फिरौती मागेर धम्कीपूर्ण म्यासेज आएपछि परिवारले प्रहरीलाई जानकारी गरायो। त्यसपछि प्रहरीले विद्यालाई कालिमाटीबाट उद्दार गरियो। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता(एसपी) रमेश बस्नेतका अनुसार उक्त कार्य अपरहरण नभएर आफै नाटक गरेको अनुसन्धानबाट खुलेको छ।

विद्याले आफ्नो पूर्व कार्यालयमा रहेको केही बेरुजु रकम तिर्न पैसा अभाव भएपछि अपहरणको अभिनय गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

कमेन्ट लोड गर्नुस