H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन १८, मङ्गलवार ०१:१२
Mar 02 2021, Tuesday
01:12:31 AM

प्रतिनिधिसभा पुनःस्थापना भए देश निर्माणको काम प्रभावित हुन्छ : प्रधानमन्त्री ओली

फाइल फोटो
फाइल फोटो
खवर संवाददाता
२०७७ फाल्गुन १० ०४:५४
अ+

धनगढी: प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए देश फेरि राजनीतिक रुपमा अस्थिर र विकृति बन्ने चेतावनी दिएका छन्।

सोमबार कञ्चनपुरको वेदकोट नगरपालिकामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा छेला औद्योगिक क्षेत्र शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए देश निर्माणको काम प्रभावित हुने बताएका हुन।

'पुनस्थापना भए के हुन्छ ? फेरि नयाँ प्रधानमन्त्री खोज्दै हिंड्नुपर्ने हुन्छ। भागबण्डा र लेनदेनको युग फेरि दोहरिन दिने !' ओलीले भने, 'कुनै पार्टीको बहुमतको सरकार हुँदैन। त्यसो भएपछि समीकरणका अनेक खेल, सांसद किनबेच कसलाई कुन पद, भागबण्डा त्यही तमासाको राजनीति फेरि शुरू हुन्छ।’

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट संसद पुनःस्थापना भए आन्दोलन गर्ने भनेर दिएको अभिव्यक्तिबारे स्पष्टीकरण समेत दिएका छन्।

आफूले ढुंगामुढा हान्ने आन्दोलन गर्छु नभनेको स्पष्ट पार्दै उनले ओलीले लोकतन्त्रलाई सुदृढ पार्न रचनात्मक आन्दोलन गरिने बताए ।

विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad