सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीवनको त्यो एक गल्ती

२०७७ फाल्गुन ८, ११:१७

-प्रकाश विसी

गल्ती जीवनमा सबै मानिसको हातबाट हुनेगर्छ। तर त्यो गल्ती गर्नेभन्दा पनि त्यो गल्तीलाई माफी दिने मानिस ठुलो हो जस्तो मलाई लाग्छ। हरेक मान्छे आफ्नो जीवन सुखमय बनाउन चाहान्छ अनि आफू खुसी हुन चाहन्छ।

यो खुसीको दौरानमा रहँदा केही कमी कमजोरीहरु अवश्य पनि आउने गर्छन्। यो कमी कमजोहरुलाई पन्छाउँदै जानु हाम्रो कर्तव्य हो। हो यस्तै गल्ती मैलेपनि गरेको छु। 

सबैभन्दा त पहिले मैले मेरा मलाई जन्मदिने मलाई यो संसार देखाउने आमाबुबालाई नै खुसी बनाउन सकेन। उनीहरुको सपना पूरा गर्न सकेन। अब तपाई आफै सोच्नुहुन्छ होला आफ्नै आमाबुबालाई त मैले खुसी बनाउन सकेन भने, आफन्तलाई कसरी खुसी बनाउन सकुला ?

अनि कहिले सोच्नु योे जीवन साच्चीकै फूल हो भनेर। किन कि हामी थाहा छ, जब फूल फूल्छ अनि फर्किन्छ र ओइलाएर भुइँमा खस्छ। फूलिसकेपछि झरे त केही थिएन तर केही अभागी फुलहरु त फूल्न नपाइ कोपिलामै झर्नको लागि विवश हुन्छन् हो त्यही कोपिला हुँ म। फूल्न नपाइ कोपिलामा नै झर्न विवश भए। जो फूल्न नपाउँदै केही दुष्ट पापीहरुले चुडेर फाले।

सायद यहि नै हो जीवन। के भयो होला मलाई एकान्तमा बसेर जीन्दगीको हिसाब गर्न मन लाग्छ अनि हिसाव गर्दै जादाँ त मेरो जीन्दगीका हरेक कुरालाई नियतीले डिभाइड गर्दै लगिरहेको छ थाहा छैन अनि किन म्यानस हुदै जान्छ खुसीहरु यो पनि थाहा छैन्। 

मलाई थाहा भइसकेको छ, अब म तिमीलाई पाउँदिन। म जस्तै कोशिस गरु, सबै व्यर्थ हुन्छ। मेरो जीवनमा दशा छ अनि मनभरी व्यथा छ। कुनै समय लाग्थ्यो, दुख भन्ने पनि हुन्छ र ? बेखुश किन हुन प¥यो ? उदास किन हुनुप¥यो ? सबै कुरा आज मलाई समयले बताइदिएको छ। हेर्दाहेर्दैको उज्यालो पनि अध्याँरो भएर आइदिन्छ कतिबेला। बाँच्न पनि गाह्रो हुन्छ। 

अहँ केही फेरिएको छैन् प्यारु। यो संसार, यो मन। उदाउने अस्ताउने सूर्य सबै उस्तै छ। चलेको बतास सुसाई रहने खोला उस्तै छ। सबै चलिरहकै छन्। बदलिएका छैनन्। तर तिमी ? अनि हाम्रो माया? बरु भनन् एकपटक, मैले के गर्नुपर्छ अझै ? कसरी म तिम्रो मनसम्म पुग्न सक्छु ? हाम्रो समस्या समाधान गर्ने। कुन ज्ञान होला यो संसारमा, हामीलाई पूर्ववत क्षणमा लगिदिने? बाँकी त केही उपाय होला नि तिमीसँग ? प्लीज केही बताउन। केही बोल्।

तिमी मेरो साथमा हुँदा कुनै कुराको चिन्ता हुन्थेन। न केहीको अभाव। न कसैको दवाव। कोहीले केही भन्दा नी, तिमी भएर सोच्थेँ। जे ठानोस यो दुनिँया, जे मानोस, मलाई के मतलब। मनमा थियो, जसले जे गरेपनि उ छे नि मेरो जिवनमा। उ हुँदासम्म मलाई अरु केही नी चाहिन्न। उसको साथ नै मेरो लाख हो।

तर आज यो सबै हाम्रो लागि व्यर्थ भइदियो मैले सोचेको पिन थिएन। यो हाम्रो साथ अनि मायालाई कसैले बीचमा नै अलग गर्छ भनेर। तर हामी अलग बनाएर छाड्यौ है तिमीले। प्यारु म तिमीसँग बिताएका अनि कुरा गरेका हाम्रा ती पलहरु सम्हालेर राखेर अगाडि बढ्नेछु। मलाई लाग्छ जीवनमा तिमी जस्तो साथी अब म कहिले पाउने हैन्। 

प्यारु ! जब मलाई तिम्रो याद आउँछ तब तिम्रो फोटो अनि माया कि बातहरु नपढी नहेरी रहन सक्दिन। भावनामा बगेर तिमीले लेखेको म्यासेज जतिजति पढ्दै जान्छु उतिउति भावुक बन्दै जान्छु। यदी मैले त्यसरी सम्झिनुलाई तिमी गलत मान्छौ भने एक अन्जान साथी सम्झेर माफ गरिदनु ल ?

मानिसको जीवनको सबभन्दा ठुलो पुँजी रहेछ प्रेम। प्रेमको परिभाषा न त लेखेर नै लेखिंदो रहेछ, नत जोखेर जोखिंदो रहेछ, न त मासेर नै मासिंदो रहेछ। प्रेमको अभावमा जो सुकैको जीवनपनि मृततुल्य बन्दो रहेछ।

जीवनको यात्रामा आएका आरोह–अवरोह बीचमा आएका मानिसहरु मध्ये सबैभन्दा महत्वपूर्ण मान्छे बनिदियौ तिमी। सायद बीचमा नै हामीले दोबाटो रोज्नुपर्ने भएको हुनाले होला तिम्रो लागि म र मेरो लागि तिमी यति धेरै नजिक भएका। ख्याल ठाट्टामै बसेको हाम्रो आज...।

कहिले नभेटिने नदीका दुई किनार भयौं हामी। प्यारु ! अब मेरो बारेमा केही नसोची तिम्रो जीवनलाई अगाडी बढाउनु है। गल्ती त हामी दुईले गरेका हौ। टाढा हुनुपर्छ भन्ने थाहा हुँदाहुँदै अनि नाई–नाई भन्दै सुरु भएको त्यो प्रेम हाम्रो आज यसरी अलग बनाउन खोजे।

म बाट सम्पर्क बिहीन भइसकेपछि तिमीलाई क–कसले के भने मलाई केही थाहा छैन्। तर म त्यो तिम्रो अवस्था बुझ्नको लागि तम–तयार भएको थिए। अनि तिम्रो अनलाइनको हरियो बत्तीलाई कुरेर बसिरहेको थिए। तर मेरो पर्खाइ त अधुरो नै भयो। तिम्रो सबै बाध्यता मैले बुझिसकेको हुनाले मैले यो लेखमा सबैले उल्लेख गर्न चाहेन। 

किन कि मलाई थाहा छ तिमीले मलाई ब्लक गरेपनि तिमी कसैको फेसबुक आइडीबाट भएपनि मेरो अवस्थालाई सर्च गरेर हेर्छौ। अनि मैले यसमा लेखेको कुराले तिम्रो मन अझै दुख्न सक्छ।

प्यारु ! अब सायद पछाडि फर्केर हेर्नसक्ने अवस्थामा म छैन्। यसो भन्दैमा मैले सबै हाम्रा ती पलहरु अवस्य पनि भुलेको होइन्। तिमी आफै सोच म कसरी भुलौँला तिमीसँगै झिस्कीएर खाना खाएको ? अनि एकछिन भएपनि सबै कुराहरु भुलेर तिमीसँग गरेको त्यो मिठो बात। 

त्यसैले प्यारु ! जीवनमा सबै मानिसको हातबाट एउटा गल्ती हुने नै गर्छ र त्यही कुरालाई आज हामीले पनि दोहोर्‍यौँ। यसमा अब हामी मन दुखाएर पनि केही हुने हैन हामी आफूले मात्र खुसी बनाए गर्ने ? हाम्रो समाजले नै भन्छ आफ्नो मात्र होइन आमाबुबाको खुसी हेर्नुपर्छ भनेर। मैले खासमा भन्ने खोजेको कुरा पनि यहि हो कि हामी एक हुने हैनौ भन्ने थाहा हुँदा हुदै माया प्रेम गरे। यो नै जीवनको एक भुल भनौँ। या एक गल्ती। किटानै गरेर भन्दा यहि हो मेरो जीवन एक गल्ती।

यति बेलासम्म हामी साथमा हुँदा भएका ती नमिठा विगतका पलहरुलाई बिर्सेर अब तिमीले आफ्नो जीवन अगाडि बढाउने छौँ भन्ने म चाहान्छु। मेरो त के छ र ? अब म कहिलेसम्म यस्तो हुन्छ थाहा छैन्। तर तिम्रो खुसिको कामना गर्छु।
 

कमेन्ट लोड गर्नुस