सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

२०८२ चैत्र २९, ०७:२० खबर संवाददाता

धनगढीः कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ।

कैलालीको कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बिपरित दिशा तर्फ आउदै गरेको बा २६ प ३०२७ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९ फुलबारी बस्ने २२ वर्षीय राम मिलन चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा उनको उपचारको क्रममा शनिवार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिप र जिप चालक भजनी नगरपालिका–५ वस्ने २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस