धनगढी–अत्तरिया ६ लेन सडकमा ट्याक्टर र मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
धनगढीः धनगढी–अत्तरिया ६ लेन सडकमा ट्याक्टर र मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्।
शनिवार साँझ से २ त १५१२ नम्बरको ट्याक्टर र सुदूरपश्चिम प्रदेश ०१००८ प ५७८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका हुन्। दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–६ लालपुरका ४२ वर्षीय दीपक बोगटी गम्भीर घाइते भएका छन्।
दुर्घटनामा घाइते भएकी महिलाको पहिचान नखुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक टिकाराम विष्टले बताए। दुवै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। उनले ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिइसकेको बताए।