सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा पुल निर्माणको एक वर्ष वित्दा पनि गति सुस्त (अडियो सहित)

बर्षातमा रोकिएको काम अझै सुरु हुन सकेन्

२०७५ भदौ २९, १०:४२

महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण थालेको एक वर्ष वितिसक्दा समेत सुस्त गतिमा काम भईरहेको छ । निर्माण अवधि दुई वर्ष वाँकी रहँदा पनि काम १३ प्रतिशतभन्दा वढी भएको छैन् । सुरुवातको पहिलो वर्षमा पुल निर्माण गर्ने मेसिन समयम नआउँदा र मुआव्जाको विवादले काम गर्न नसकिएको निर्माण कम्पनीको दावी छ ।

केही महिनादेखि वर्षातका कारण रोकिएको निर्माणको काम अझै सुरु हुन सकेको छैन् । पुल निर्माणको काम केही समयपछि सुरु हुने र सडकको काम भने असोज १ गते खोला नालामा ढुङगा वालुवा संकलन सुरु भएपछि काम अगाडी वढ्ने भएको छ । तीन अर्व २८ करोडको लागतमा निर्माण थालिएको पुलको निर्माण कार्य थालेको एक वर्ष वितिसक्दा समेत कामले गति लिन नसकेको हो । ३ अर्ब २७ करोड ९३ लाखको लागतमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएकोमा एक बर्षको अवधिमा १३ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । पुलको काम ४ प्रतिशत मात्रै भएको अवस्थामा सडक निर्माणका लागि मुआव्जा वितरणको काम भईरहेको महाकाली पुल आयोजनाले जनाएको छ । पुल निर्माण गर्ने मेसिन चीनवाट आउन भएको ढिलाई र मुआव्जा वितरणमा भएको विवादका कारण पहिलो वर्षको वर्षको प्रगति कम भएको अवस्थामा केही महिनादेखि रोकिएको निर्माणको काम सुरु नभएको महाकाली पुल अयोजनाका प्रमुख प्रदीप भण्डारीले जानकारी दिए । 
 
भौतिक प्रगति आशा गरे अनुसार निर्माण कम्पनी कुमार सिएफईसी जेभीले पनि काम गर्न सकेको छैन् । सुरुमा उपकरण अभावले काम हुन नसकेको अवस्थामा वर्षातमा रोकिएको काम अझै सुरु भएको छैन् । तर पुल निर्माणका लागि एउटा मेसिन पुगिसकेको र अर्को मेसिन पुग्ने अवस्थामा रहेकोले गति पाउने अपेक्षा गरिएको छ । सडक कालोपत्रेको काम नसकिएपनि कालोपत्रे वाहेकका सवै काम सिद्धाउने गरी काम गर्ने निर्माण कम्पनीका ईन्जिनियर किशोर पाण्डेयले जानकारी दिए । 
  
अहिलेको बनबसा पुलदेखि झण्डै ७ किलोमिटर दक्षिण र महाकालीको झोलुंगे पुलदेखि झण्डै ढाई किलोमिटर उत्तरमा पुल बन्ने छ । सडक निर्माणका लागि मुआव्जा वितरण गरिएको र त्यसको काम एक वर्षको अवधिसम्म कालोपत्रे सम्पन्न गराउने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षमा सडक निर्माणका लागि मुआव्जा दिएर त्यो कामसँगै चार लेन पुलको निर्माणको कामलाई पनि तिव्रता दिने पुल आयोजनाका प्रमुख भण्डारीको दावी छ । 

महाकालीमा चार लेनको पक्की पुलसँगै सडक खण्ड निर्माणको लागि अव दुई वर्षको समय वाँकी रहेको अवस्थामा समयमै पुल निर्माण गर्न नसकिने आशंका भईरहेको छ । तर पुल योजना कार्यालय र निर्माण कम्पनी भने उपकरण र जनशक्ती थपेर भएपनि कामलाई तिव्रता दिदै निर्धारित समयमै दावी गर्दै आएका छन् । अघिल्लो वर्षको भदौ १५ गते महाकालीमा बन्ने चार लेनको पुलको तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवाले सिलन्यास गरेका थिए। तर त्यस पछि पुल निर्माणको अवस्था वारे कुनै पनि नेता र जन प्रतिनिधिले चासो पनि देखाएका छैनन् । 

अडियाे सुन्नुहाेस्

 

कमेन्ट लोड गर्नुस