सुदूर नेपाललाई विश्वसँग जोड्दै

झाँक्रीलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै धनगढीमा प्रदर्शन

२०७७ माघ २९, ०६:०७ खबर संवाददाता

धनगढी: नेकपाको दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै धनगढीमा प्रलर्शन भएको छ। 

उक्त समूहले युवा संघका जिल्ला सहसंयोजक बसन्त कार्किको नेतृत्वमा धनगढीको पार्कमोडमा झाँक्रीलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेको हो। आक्रोशित प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन्। 

प्रहरीले बिहीबार मध्यान्ह झाँक्रीलाई उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो। उनलाई राज्यविरुद्धको कसुर गरेको आरोप लगाइएको छ। 

राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो।

कमेन्ट लोड गर्नुस