सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुरबाट परेका विप्लवका नगर एरिया इन्चार्जसहित ३ जना विरुद्ध मुद्दा चलाइयो

२०७७ माघ १३, ०९:१९ खबर संवाददाता

धनगढीः नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना नेता कार्यकर्ता विरुद्ध सार्वजनिक हित विरुद्ध कसुर सम्बन्धी मुद्दा चलाइएको छ।

सो समूहले गत माघ १० गते आफ्नो नेताहरुको रिहाइको माग गर्दै नेपाल बन्दको आह्वान गरेको थियो। सोही क्रममा प्रहरीले कैलालीको टीकापुरबाट ३ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका छन्। उनीहरु विरुद्ध ईलाका प्रहरी कार्यालय टीकापुरले सार्वजनिक हित समेत विरुद्धको कसुरमा मुद्दा चलाइएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले मुद्दा गरि थप अनुसन्धान भइरहेको बताए।

सम्बन्धित समाचार

कैलालीको टीकापुरबाट विप्लवका नगर एरिया इन्चार्जसहित ३ कार्यकर्ता पक्राउ

कमेन्ट लोड गर्नुस