६२ वर्षअघि सुरु भएको वहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यकारिणी समितिले काम थालेन् (अडियो सहित)
विज्ञ समुहको वैठक नवस्दा २२ बर्ष अघि बनेको डिपीआरको काम अलपत्र
६२ वर्षअघि सुरु भएको वहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यकारिणी समितिले काम थालेको छैन् । चार महिनादेखि कार्यकारी समिती अर्थात गर्भनिङ वडी विहीन भएको अवस्थामा अहिले भारतले पदाधिकारी नियुक्त गरे पनि काम भने सुरु गरेको छैन् । भारतीय पक्षले चासो नदेखाउँदा आयोजनाले गति लिन नसकेका वेला नेपाली पक्षको पनि उदासिनता आयोजनाको काम लथालिङ भएको छ ।
६२ वर्षअघि सुरु भएको वहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यकारीणी समितिमा नेपालको तर्फवाट तीन वर्षको कार्यकाल सकिएपछि अहिले भारतले सो समितीको नेतृत्व गरेको छ भने नेपालले दोस्रो ठुलो पद पाएको छ । नेपालको तर्फबाट समितीको दोस्रो ठुलो पदमा चिरञ्जीवी चटौत नियुक्त हुनुभएसँगै कामकाज सुरु भएको छ । तर भारतले कार्यकारीणी समितीका पदाधिकारी नियुक्त गरिसकेको भएपनि उनीहरुले कामकाज नथालेको आयोजनाको तर्फवाट नेपालको प्रतिनिधित्व गरेका एसिस सिईओ चिरञ्जीवी चटौतले बताए ।
नेपाल र भारतले पालैपालो ३÷३ वर्षको नेतृत्व गर्ने गर्भनिङ वडी अर्थात कार्यकारिणी समितिमा कार्यकाल सकिएपछि समिति केही समय पदाधिकारी विहीन वनेको अवस्थामा नियुक्ती हुँदा समेत भारतीय अधिकारीहरु काम गर्नका लागि आएका छैनन् । पटक पटक विभिन्न वहानाले सुस्ताएको पञ्चेश्वर परियोजनाको लागि वनाईएको दुवै देशका अधिकारी सम्मिलित विज्ञ समुहको पनि वैठक वसाउने तयारी हुँदा हुँदै समितीको समय सिद्धिएपछि धेरै विषयमा छलफल र सहमति समेत हुन सकेको छैन् । आयोजनाको डिपिआरमाथि दुवै देशका अधिकारीहरुले टिप्पणी गर्दै पाँच सय ७५ वुँदाहरु तयार पारेको तीन सय ७३ वुँदामा सहमति भईसकेको छ । तर बाँकी वुँदाहरु छलफल र वहस गर्न नै नसकिएकोले आयोजना अझ लम्बिने आयोजनाको तर्फवाट नेपालको नेतृत्व गरेका डाक्टर महेन्द्र गुरुङले बताए ।
समितीले पुर्णता पाएपनि कामकाज सुरु नहुँदा आयोजनाको काम लथालिङ अवस्थामा रहेको छ । प्राविधिक समुह र विज्ञ समुहको वैठक पनि नबसेको एक वर्षभन्दा वढी भईसकेको छ । आयोजनाका कामकाज अगाडी वढाउन पनि ढिलाई भईरहेको छ । सन १९५६ देखि सुरुवात थालिएको आयोजनाको डिपिआरको ड्राफ्ट पनि २२ वर्षअघि तयार भएपनि त्यसले अन्तिम रुप लिन सकेको छैन । कामलाई गति दिनका लागि पहल गरिरहेको नेपालको तर्फवाट प्रतिनिधित्व गरेका एसिस सिईओ चिरञ्जीवी चटौतले जानकारी दिए ।