सुदूर नेपाललाई विश्वसँग जोड्दै

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव सदनमा पेस

२०७७ माघ ९, ०२:५९ खबर संवाददाता

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ ।

शुक्रवार बसेको प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धकोअविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका थिए । 

अब प्रदेश सभाको आउँदो १९ गते २ बजे बस्ने बैठकमा अविस्वास प्रस्तावमाथि छलफल हुनेछ । प्रदेश सभाका सभामुख श्रेष्ठले अर्को बैठकमा छलफल गर्ने गरि शुक्रवारका लागि बैठक सकिएको जानकारी गराएका थिए ।

गएको पुस १० गते सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदहको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो ।


प्रदेश सभामा एक सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । प्रदेश सभामा कांग्रेसका २२, विवेकशील साझाका तीन जना, राप्रपाका दुई जना, नेपाल मजदुर किसान पार्टीका दुई जना र स्वतन्त्र सांसद एक जना छन् । 
 

कमेन्ट लोड गर्नुस