सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योग वाणिज्य संघको नक्कली सदस्यता छानबिन र निर्वाचन गराउन छुट्टा छुट्टै समिति बनाईने (भिडियो सहित)

२०७५ भदौ २१, ०७:२९

कैलाली उद्योग वाणिज्य संघमा नक्कली सदस्यताको छानविन गर्न र निर्वाचन गराउनका लागि दुई वटा छुट्टा छुट्टै समिति बनाउने सहमति भएको छ । उच्च अदालतले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि बुधबार संघका पदाधिकारी, पुर्व अध्यक्ष र व्यवसायीहरुको छलफलमा नक्कली सदस्यताको छानविन गर्न र संघको निर्वाचन गराउनका लागि सरकारी निकायकै नेतृत्वमा दुई वटा समिती वनाउने सहमति भएको हो । जिल्ला प्रशासन कार्यालयमा झण्डै दुई घण्टा वढी चलेको छलफलपछि प्रशासनले दुई वटा समिति वनाउने भनेपछि व्यवसायीहरु त्यसका लागि सहमत भएका हुन् । उच्च अदालतको आदेशपछि नक्कली सदस्यताको विवाद समाधान गर्नका लागि राय सुझाव मागेको प्रशासनले दुई वटा समिति वनाईने छलफलपछि कैलालीका प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठले जानकारी दिए ।  नक्कली सदस्यताको विवाद समाधान गर्नका लागि यसअघि राय सुझाव संकलन समिती वनाईएकोमा त्यसमा चार जनाको एक र एक जनाको अर्को गरी दुई वटा प्रतिवेदन वुझाईएपछि प्रशासनले सवै सरोकारवालासँग वसेर नयाँ सहमति गराएको हो । संघको निर्वाचन स्वच्छ वातावरणमा गराउन र समस्या समाधान गर्नका लागि उच्च अदालले आदेश दिएकोले सोही प्रक्रिया अनुसार अगाडी वढिरहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । दुई वटा समिति वनाउने सर्वपक्षीय सुहमति भएपनि वर्तमान कार्य समितीको विषयमा भने टुङगो लाग्न वाँकी रहेको छ । वर्तमान कार्य समितीको कार्यकाल सकिन एक दिन वाँकी रहेकोले संघकै पदाधिकारीहरुको तदर्थ समिति वनाउने वा अन्य कुनै विकल्पवाट अघि वढ्ने त्यसको निकास कानुनी सल्लाह गरेपछि दिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

 

कमेन्ट लोड गर्नुस