सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना, २१ जना घाइते, ४ को अवस्था गम्भीर

फाइल फोटो
फाइल फोटो
२०७७ माघ ४, ०२:२८ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना भएको छ । 

जिल्लाको पुनर्वास नगरपालिकाको वडा नम्बर २ स्थित हुलाकी सडकखण्ड अन्तर्गत धनगढी–बेलौरी सडकखण्डमा ट्रयाक्टर दुर्घटना भएको कञ्चनपुर प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उत्तरायणी पर्व मनाउन गएका भक्तजनलाई बोकेको से१त ६५०६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै अन्य १७ जनाको भने स्थानीय अस्पतालमै उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अमर थापाले बताए। 

शनिबार बेलुका ४ बजेतिरको समयमा मोतीवस्तिबाट सीमरातर्फ आउँदै गर्दा ट्रयाक्टर दुर्घटना भएको उनले बताए। उनीहरु भकुण्डाबाट उत्तरायणी पर्व मनाएर फर्किरहेको प्रवक्ता थापाले बताए। ट्रयाक्टर चालक सोही नगरपालिकाको वडा नम्बर ५ सिमरीका रामप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक थापाले बताए।

कमेन्ट लोड गर्नुस