सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ‘कुर्सी’ कसरत तीव्र, मुख्यमन्त्रीदेखि प्रदेश सांसदहरु शक्ति केन्द्र धाउदै

२०७७ माघ ४, ११:५१ लखन चौधरी

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टदेखि नेकपाको जिल्ला सदस्यसम्मका नेता तथा कार्यकर्ताहरु शक्ति केन्द्र धाउँनमा ब्यस्त भएका छन्।

नेकपा विभाजनपछि सुदूरपश्चिम प्रदेश सरकार नराम्ररी प्रभावित भएपछि नेता तथा कार्यकर्ताहरु हाल संघीय राजधानी काठमाडौं केन्द्रित भएका हुन्।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले दिनेशखबर सँग बताउँदै मुख्यमन्त्री भट्ट हाल संघीय राजधानीबाट फर्किएका छन्। पछिल्ला राजनीतिक घटना क्रम र प्रदेश सरकारबारे आवश्यक छलफलको लागि मुख्यमन्त्री भट्ट संघीय राजधानी पुगेर फर्किएको बुझिएको छ।

‘छिट्टै मन्त्रीपरिषद्को पुनर्गठन वा विस्तार हुन्छ,’ शाहले दिनेशखबरसँग भने, ‘मुख्यमन्त्री ज्यूले आन्तरिक छलफल, परामर्श चलाइरहनुभएको छ।’

यसैबीच प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी काठमाडौंको यात्रामा छिन्। पछिल्लो समय मन्त्री चौधरीको कार्यसम्पादन सन्तुष्टिजनक नभएको भन्दै पार्टीभित्र र प्रतिपक्षी दल काँग्रेस र जसपाबाट आलोचित हुँदै आएकी छिन्। जुककारण पनि मन्त्री चौधरी शक्ति केन्द्र चहार्न थालेको बताइएको छ।

नेकपा विभाजनपछि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुरले बोहरा पदबाट राजीनामा दिएका छन्। प्रदेश सरकारलाई हाल मन्त्रीमण्डल विस्तारमा सकस भएको छ। साथै पार्टीभित्रका असन्तुष्टि व्यवस्थापनमा चुनौती बढ्दै गएपछि मन्त्रालयका जिम्मेवारी हेरफेर, विषयगत मन्त्रालयहरुलाई टुुक्राएर भएपनि मन्त्रीमण्ड विस्तारको गृहकार्य समेत भएको प्रदेश सभा स्रोतले बताउँछ।

७ सदस्यीय मन्त्रीमण्डल रहेको प्रदेश सरकारको विस्तार गरेर ११ सदस्यीय बनाउन समेत तयारी थालिएको नेकपा प्रचण्ड–माधव समूहका एक प्रदेश सांसदले दिनेशखबरलाई बताए। 

यसअघि जिम्मेवारी नपाएको भन्दै असन्तुष्ट बनेका नेकपा प्रचण्ड–माधव समूहका प्रदेश सभा सदस्यहरु पनि शक्ति केन्द्र धाउन थालेका हुन्। उनीहरु नेकपा प्रचण्ड–माधव समूहले माघ ९ गते काठमाडौंमा आयोजना गर्न लागेको जनप्रदर्शनको मोसो मिलाएर काठमाडौं केन्द्रित भएका छन्। 

यसअघि मुख्यमन्त्रीका दाबेदार समेत रहेका तथा दार्चुलाबाट निर्वाचित मानबहादुर धामी, कैलालीबाट निर्वाचित वीरमान चौधरी, अछामबाट निर्वाचित अक्कल रावल पनि आकांक्षी देखिएका छन्।

त्यस्तै, कञ्चनपुर जिल्लाबाट निर्वाचित समेत रहेका नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी, पूर्णा जोशी, चुनकुमारी चौधरीलगायत प्रवल आकांक्षी देखिएको बताइन्छ।
प्रमुख सचेतक लामा र वीरमान चौधरीले त सार्वजनिक रुपमै आकांक्षी रहेको भनाइ व्यक्त गर्दै आएका छन्।
हाल काठमाडौंमै रहेकी प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले पनि आफु जिम्मेवारीको लागि तयार रहेको बताउँदै आएकी छन्।

सम्बन्धित समाचार

असन्तुष्टि व्यवस्थापन गर्न सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद विस्तार गर्न विषयगत मन्त्रालय टुक्राइने परिचर्चा

सुदूरपश्चिम सरकारका प्रवक्ता शाहले भने– छिट्टै मन्त्रिपरिषद् विस्तार गछौँ

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस