सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारका प्रवक्ता शाहले भने– छिट्टै मन्त्रिपरिषद् विस्तार गछौँ

२०७७ माघ ३, १२:५६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले छिट्टै मन्त्रीमण्डल विस्तार हुने बताएका छन।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री विहीन रहेका बेला सरकारका प्रवक्ता शाहले मन्त्रीमण्डल पुर्नगठन वा विस्तारको तयारी रहेको बताएका हुन्। 

‘छिट्टै मन्त्रीपरिषद्को पुर्नगठन वा विस्तार हुन्छ,’ शाहले दिनेशखबरसँग भने, ‘मुख्यमन्त्री ज्यूले आन्तरिक छलफल, परामर्श चलाइरहनुभएको छ।’

उनका अनुसार ११ सदस्यीय मन्त्रीमण्डल विस्तार गर्ने गरि मुख्यमन्त्री आन्तरिक परामर्शमा जुटेका छन। शाहले विषयगत मन्त्रालय टुक्राएर भएपनि मन्त्रीपरिषद् विस्तार गरिने बताए। 

‘संविधान अनुसार प्रदेशसभामा कायम कुल प्रदेशसभा सदस्यको २० प्रतिशत नबढ्नेगरि मन्त्रीपरिषद् विस्तार गर्न सकिन्छ,’ शाहले भने, ‘हामी कहाँ ५३ जना प्रदेशसभा सदस्य भएकाले ११ सदस्यीय मन्त्रीमण्डल विस्तार गरिन्छ।’

७ वटा मन्त्रालय रहेको सुदूरपश्चिम सरकारले प्रचण्ड–नेपाल समूहभित्रको असन्तुष्टि व्यवस्थापन गर्न टुक्राएर ११ मन्त्रालय बनाउनेगरि छलफल अघि बढाएको बताइएको छ। 

नेकपा विभाजनपछि ओली समूहका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिहं बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए भने ओली समूहकै आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पनि राजीनामा दिएका थिए। 

अहिले दुबै मन्त्रालय मुख्यमन्त्री भट्टले आफै सम्हालिरहेका छन। 
 

कमेन्ट लोड गर्नुस