सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेशखबरको समाचारमा अश्लील कमेन्ट गर्ने कांग्रेस नेताले माफी मागे

२०७७ माघ ३, ०३:५२ खबर संवाददाता

धनगढीः दिनेशखबरमा प्रकाशित समाचारमा अश्लील गालीगलौज गर्ने नेपाली कांग्रेस बाजुराका महाधिवेशन प्रतिनिधि पूर्णबिक्रम सिंहले माफी मागेका छन। 

दिनेशखबरमा प्रकाशित भएका समाचारमा अश्लील कमेन्ट गर्दै गालीगलौज गर्ने नेपाली सिंहले जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएर आफूबाट गल्ती भएको भन्दै माफी मागेका हुन्। 

सिंहले प्रहरी समक्ष आफ्नो फेसबुक एकाउन्टबाट दुवै जनालाई गाली गलौज गरिएकाले अगामी दिनमा त्यस्तो व्यवहार नदोहोर्याउने प्रतिबद्धता जनाउँदै माफी मागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

तर उनले आफूले गाली नगरेको दाबी गर्दै मोबाईल हराएका बेला अन्य व्यक्तिले आफ्नो एकाउन्टबाट गाली दिएपनि आफू नै जिम्मेवार भएको जनाए। 

तर सिंहले दिनेश सञ्चार गृह र त्यहाँ कार्यरत पत्रकारसँग कुनै खालको पूर्वाग्रह नभएको पनि प्रहरीलाई बताएका छन। 

पुस १२ गते दिनेशखबरको फेसबुक पेजमा शेयर गरिएको “सुदूरपश्चिमका मुख्यमन्त्री ‘एक्लीदै’, कांग्रेसलाई सत्ता साझेदारीको प्रस्ताव“ शिर्षकको समाचारमा प्रबन्ध निर्देशक गोपाल हमाल र दिनेश एफएमका सम्पादक जनक बिष्टको नामै किटान गरि गालीगलौज गर्ने सिंह विरुद्ध निवेदन दिइएको थियो। 

सिंहले धनगढीकै नवराज थापाले शेयर गरेको “सुदूरपश्चिमका मन्त्रीद्धारा सरकारी सुविधाको दुरुपयोग गरि आफ्नै प्रधानमन्त्री विरुद्ध भाषण“ शिर्षकको समाचारमा पनि दुवै जनाको  व्यक्तिगत मानमर्दन र सामाजिक प्रतिष्ठामा आँच पुगाउने हिसाबले अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको भन्दै कारवाहीको माग गरिएको थियो। 

तर सिंहले आफूबाट गल्ती भएको स्वीकार गरेका हुन। यसअघि सिंहले सामाजिक सञ्जाल फेसबुकमा समेत स्टाटस लेख्दै माफी मागेका थिए। 

दिनेशखबरमा प्रकाशित समाचारमा अश्लील कमेन्ट गर्ने कांग्रेस नेता विरुद्ध प्रहरीमा निवेदन
 

कमेन्ट लोड गर्नुस