सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाना नपकाएको रिसमा छोराले गरे आमाको हत्या

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ माघ १, ०६:३४ खबर संवाददाता

काठमाडौ: खाना नपकाएको भन्दै एक छोराले आमाको हत्या गरेका छन्। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा छोराको कुटपिटबाट आमाको मृत्यु भएको हो। 

नगरपालिकाको वडा नम्बर १ बम २३ वर्षीय बिमल नेपालीकोे कुटपिटबाट आमा हिरादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

मासु ल्याउन गएका छोराले घरमा आमालाई खाना बनाउन भनेको तर घरमा आउँदा आमाले खाना नबनाएको भन्दै गएराति ११ बजे पाइपले हान्दा हिरादेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीले बिमललाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी राम नारायण गुप्ताले बताए।

कमेन्ट लोड गर्नुस