सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको खप्तड छान्नाका ज्येष्ठ नागरिकलाई कम्बल वितरण

२०७७ पुष २९, ०६:११ रासस

बझाङ: चिसो बढ्दै गएपछि यहाँको एक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल कोसेली दिएको छ।

खप्तड छान्ना गाउँपालिकाले ७० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकलाई एक–एक कम्बल दिएको हो। 

गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रमअन्तर्गत सबै ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेपछि उनीहरु खुशी भएका छन्।

गाउँपलिकाका सात वडामा रहेका एक हजार पाँच जनालाई कम्बल कोसेली दिइएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए। उनले प्रायजसो गाउँमा जाँदा चिसोका समयमा सबै भन्दा बढी ज्येष्ठ नागरिकलाई समस्या हुने गरेकाले कम्बल कोसेली दिइएको जानकारी दिए। 

अध्यक्ष रोकायाले यसका साथै ज्येष्ठ नागरिकलाइ घरघरमै गएर वर्षमा दुई पटक स्वास्थ्य परीक्षणका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको बताए। गएको वर्ष पनि गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको थियो।     

कमेन्ट लोड गर्नुस