सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नास्त्रेदमस’को खतरनाक भविष्यवाणी, ‘ट्रम्प नै शक्तिशाली, चीनबाट नयाँ भाइरसको फैलिने’

२०७७ पुष २७, ०३:२३ खबर संवाददाता

काठमाडौं: सन २०२१ का लागि इङ्गल्याण्डका नास्त्रेदमसको उपाधि पाएका भविष्यवक्ता क्रेग हैमिल्टन पार्करले अनेकौं भविष्यवाणी गरेका छन्।  विगतमा उनका कैयन भविष्यवाणी सत्य साबित भइसकेका छन्।

पार्करका अनुसार २०२० मा भएको अमेरिकी निर्वाचनमा राष्ट्रपति ट्रम्पले चुनाव हारे पनि ऊनी २०२१ मा झनै शक्तिशाली बन्ने छन्। उनले २०२१ मा यूरोपियन यूनियन बाट अन्य देश पनि बेग्लै हुने दावी गरेका छन्।

साथै उनले २०२१ को अन्त्यसम्ममा कोरोना भाइरस माथि नियन्त्रण हुने भविष्यवाणी पनि गरेका छन। उनका अनुसार भ्याक्सिनले काम गर्नुका साथै भाइरसमा आएको म्यूटेशनले भाइरस कमजोर हुन्छ र पछि गएर भ्याक्सिन आवश्यक नहुने अवस्था सिर्जना हुन्छ।  यसका साथै उनले २०२१ मै चीनबाट एउटा नयाँ भाइरसको प्रकोप फैलिने भविष्यवाणी पनि गरेका छन्।  

उनको दावी छ यो नयाँ भाइरस क्ब्च्क् (ऋइख्  फेमिलीबाट नभएर  अन्य भाइरस हुन्छ।  तर यस नयाँ भाइरसले ठूलो आतंक मचाउनुभन्दा पहिला नै त्यसमाथि नियन्त्रण पाइने छ ।  

कमेन्ट लोड गर्नुस