सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्यान–भ्याटमा अनिवार्य दर्ता गर्दै व्यवसायिक हितमा लाग्न कैलाली उद्योग वाणिज्य संघलाई आग्रह (अडियो सहित)

नक्कली सदस्यताले नै विवादमा आएका उद्योग वाणिज्य संघ सदस्य सुद्धिकरणमा सक्रिय

२०७५ भदौ १९, ०६:५४

कैलाली उद्योग वाणिज्य संघमा नक्कली सदस्यता खारेजको माग उच्च अदालतसम्म पुग्दा प्रदेशका अन्य वाणिज्य संघ समय सापेक्ष अगाडी वढ्दै गएका छन् । नक्कली सदस्यताको विवाद प्रदेशकै अग्रणी संस्था कैलाली उद्योग वाणिज्य संघमा चुलिएका बेला प्रदेशका अन्य उद्योग वाणिज्य संघहरुले भने नक्कली सदस्य नआउने गरी विधान संशोधन गरेर अगाडी बढिरहेका छन् । वर्षौ पुरानो विधानको फाईदा उठाउँदै नक्कली सदस्यहरुको हालीमुहाली वढेपछि कैलाली उद्योग वाणिज्य संघलाई सुधारका लागि उच्च अदालत दिपायलसम्म पुगिसकेको अवस्थामा कञ्चनपुर, टीकापुर लगायतका उद्योग वाणिज्य संघले वास्तविक व्यवसायीको संस्थाको रुपमा संघलाई अगाडी बढाईरहेका छन् । भोट वैंकको रुपमा वनाईने सदस्यहरुलाई प्यान–भ्याटमा दर्ता अनिवार्य गरेमा व्यवसायिक हितका लागि लाग्न विभिन्न वाणिज्य संघका पदाधिकारीहरुले कैलाली उद्योग वाणिज्य संघलाई आग्रह समेत गरेका छन् ।

कुनै समय देशकै उत्कृष्ट संघ बनेको कैलाली उद्योग वाणिज्य संघ नक्कली सदस्यहरुको अखडा वनेका वेला यस्तै अन्य उद्योग वाणिज्य संघ भने समय सापेक्ष अगाडी वढिरहेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघले २०६२ सालमै विधान संशोधन गर्दै प्यान भ्याट अनिवार्य गरेपछि आज संघ वास्तविक व्यवसायीहरुको साझा संस्था वनेको कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष श्रीषिराम खरेलले बताए ।

संघका तत्कालीन अध्यक्ष हेमविक्रम थापाको पालामा भएको विधान शंसोधनले नक्कली व्यवसायीहरु सदस्य हुनवाट वन्चित भए भने यसअघि सदस्य वनेका भारतीयहरुलाई पनि संघवाट आउनवाट रोकियो । कैलाली उद्योग वाणिज्य संघमा एकै व्यक्तीले जति पनि फर्म वनाएर फर्मको संख्या अनुसार भोट हाल्न पाउने व्यवस्था रहेको छ तर कञ्चनपुर उद्योग वाणिज्य संघमा भने जति वटा व्यवसायिक फर्म भएपनि एउटा वाणिज्य तर्फ र अर्को उद्योग तर्फ गरी दुई वटा मात्रै भोट हाल्न पाउँने कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले जानकारी दिए ।

कैलाली उद्योग वाणिज्य संघले नै जन्माएको टीकापुर उद्योग वाणिज्य संघमा पनि नक्कली सदस्य हटिसकेका छन् । संघको सदस्य संख्या तीन हजार वढी रहेकोमा वर्तमान कार्य समितीले प्यान भ्याटमा दर्ता अनिवार्य गरेपछि अहिले संघमा वास्तविक व्यवसायीहरु मात्रै गएर एक हजारभन्दा वढी सदस्य रहेका छन् । दोब्बर वढी नक्कली सदस्य हटेपछि व्यवसायिक हितमा संस्थालाई अगाडी वढाउन सहज भईरहेको टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष पर्शु चपाईले बताए ।

विभिन्न उद्योग वाणिज्य संघहरुले विधान संशोधन गर्दै समय अनुसार अगाडी वढिरहेका वेला कैलाली उद्योग वाणिज्य संघको नक्कली सदस्यता विवाद अदालतमा पुग्दा समेत हट्न सकेको छैन् । तर अन्य उद्योग वाणिज्य संघका पदाधिकारी र व्यवसायीहरु नक्कली सदस्य हटाउनका लागि प्यान भ्याटमा अनिवार्य दर्ताको व्यवस्था गर्न कैलाली उद्योग वाणिज्य संघलाई सुझाव दिएका छन् ।
एकै व्यक्ती प्यान भ्याटमा दर्ता भएपछि उसले जति वटा पनि व्यवसाय गर्न पाउँछ तर उनीहरुले पनि नक्कली फर्म वनाउने काम रोकिने देखिदैंन । त्यसैले फर्म संख्याको आधारमा नभई मतदाधिकारको लागि पनि सिमितता हुनुपर्ने सुझाव कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलको छ ।

नक्कली सदस्या विवादको समस्या समाधान गर्न उच्च अदालतल दिपायलले आदेश दिएपछि त्यसको लागि लागिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

 

 

 

कमेन्ट लोड गर्नुस