सुदूर नेपाललाई विश्वसँग जोड्दै

नर्वेमा पहिरो : एकको मृत्यु, नौ जना बेपत्ता

२०७७ पुष १८, ०५:४४

नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु नौ जना बेपत्ता भएका छन् ।

राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राती पहिरो गएको अधिकारीहरुले जनाएका छन् । पहिरोका कारण मानवीय क्षतीसँगे भौतिक संरचनामा पनि ठूलो क्षती भएको छ । घर तथा अन्य भवनहरु समेत नष्ट भएको छ ।

“पहिरो गएको ठाउँबाट एक जनाको शव निकालिएको छ भने अरु बेपत्ता भएकाहरुको खोजी भइरहेको छ,” एक प्रहरी अधिकारीले भने । घटनास्थलमा हिँउ परिरहेकोले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको घटनास्थलमा खटिएकाहरुले बताएका छन् ।

प्रहरीले केहीदिन अगाडि नै पहिरोमा परी कुल १० जना बेपत्ता भएको जनाएको थियो । बेपत्ता भएकामध्ये आठ जना वयस्क उमेरका रहेका छन् भने एक जना दुई वर्षका रहेका छन् ।

नर्वेका सञ्चार माध्यमहरुले उनीहरुको खोजी तथा उद्धारका लागि हेलिकोप्टर र एम्बुलेन्सहरु परिचालन गरिएको जनाएका छन् । -एएफपी
 

कमेन्ट लोड गर्नुस