कैलालीका ३९ सहित सुदूरपश्चिममा थप ४७ जनामा कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिमका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुभबार १ सय ८४ नमूना परीक्षण गर्दा कैलालीका ३९ सहित सुदूरपश्चिमका थप ४७ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका ३४ जनामा संक्रमण देखिएको जानकारी दिए।
यस्तै कैलालीकै लम्किचुहा नगरपालिकाका ४ जना र गौरीगंगा नगरपालिकाका १ जनामा समेत संक्रमण पुष्टि भएको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, यस्तै कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिकाका र डोटीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।



