सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा किसानलाई उखु खेती सम्बन्धी तालिम

फोटो : नेपाल बोध
फोटो : नेपाल बोध
२०७७ पुष १५, १२:२८ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा उखु किसानलाई उखु खेती सम्बन्धी एक दिने तालिम दिइएको छ । 

जिल्लाको बेलडाँडी गाउँपालिकामा आयोजित तालिमको सञ्चालन भने मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र कञ्चनपुरले सञ्चालन गरेको हो । 

सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम अन्तर्गत बेलडाँडीमा उखु खेती प्रवर्द्धन गरिएको छ । 

मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) समन्वय समिति बेलडाँडीले उखु किसानलाई खेतीका लागि चाहिने मलखाद, बिउविजन, यन्त्र उपकरण तथा प्राविधिक सहयोग प्रदान गरिरहेकोे बताएको छ । 

नजिकै रहेको महाकाली सुगर ईन्डष्ट्रिज प्रा.लि., बेलौरीले उद्योगका लागि चाहिने कच्चा पदार्थ अभाव हुन नदिन किसानलाई प्राविधिक रुपमा सहयोग गर्दै आएको छ ।

त्यस्तै कृषि ज्ञान केन्द्र कञ्चनपुरले व्यावसायिक उखु खेतीलाई थप प्रवर्द्धन गर्नुका साथै मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कार्यक्रम लागु भएका क्षेत्रमा उखु खेतीलाई सुधार गर्दै क्षेत्र विस्तार गर्ने योजना रहेको जनाएको छ ।

कमेन्ट लोड गर्नुस