कञ्चनपुरमा बेहोस भेटिएका पुरुषको मृत्यु

धनगढीः कञ्चनपुरमा बेहोस अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ।
बेहोस अवस्थामा भेटिएका जिल्लाको भीमदत्त नगरपालिका–६ हल्दुखालका ४९ वर्षीय नारायण भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बेहोस अवस्थामा भेटिएको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जानकारी दिए।
उनका अनुसार आफ्नै घरमा बेहोस भेटिएका भट्टलाई महाकाली अस्पताल भर्ना गरिएकोमा त्यहाँबाट धनगढी रेफर गरिएको थियो। धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा भट्टको मृत्यु भएको हो।
भट्टले सलफास नाम विषादी सेवन गरेको बुझिएपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ।
