सुदूर नेपाललाई विश्वसँग जोड्दै

आन्दोलनमा आएका उखु किसानको हृदयाघातबाट निधन

२०७७ पुष १४, ०१:२७ खबर संवाददाता

काठमाडौं: बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी सर्लाही रामनगरका उखु किसान ६५ वर्षीय नारायणभगत यादवको हृदयघातका कारण मंगलबार निधन भएको छ।

आन्दोलनरत उखु किसानहरूका संरक्षक राकेश मिश्रका अनुसार मंगलबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो।

उनले सर्लाहीको अन्नपूर्ण सुगर मिलबाट १५ लाख रुपैयाँभन्दा बढी बक्यौता लिन बाँकी थियो।

कमेन्ट लोड गर्नुस